२७ आश्विन २०७७, मंगलवार १८:१७

आगामी वर्ष पनि पुनः बिजुलीको महसुल घट्ने


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पनि विद्युत महसुल घटाउने भएको छ । माथिल्लो तामाकोशी लगायतका सरकारी लगानीका जलविद्युत आयोजनाको बिजुली प्रणालीमा जोडिने तथा हिमाल पावरले निर्माण गरेको खिम्तीको ५० प्रतिशत स्वामित्व सरकारको नाममा आएकाले विजुलीको महसुल घटाउने तयारीमा सरकार लागेको हो ।
ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा इतिहासमै पहिलोपटक चालु आवमा विद्युत प्राधिकरणका घरेलु र औद्योगिक ग्राहकको शुल्क घटाइएको स्मरण गर्दै ऊर्जामन्त्री वर्षमान पुनले आगामी वर्ष थप सस्तोमा विद्युत उपलब्ध गराइने बताएका हुन् ।
खिम्ती जलविद्युत आयोजनाको ५० प्रतिशत शेयर स्वामित्व सरकारमा आएको र आगामी हिउँदभित्रै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युुत उत्पादन सुरु हुने भएकाले सस्तोमा बिजुली दिन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि