२ कार्तिक २०७७, आईतवार १८:१२

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार, आज मात्रै २९४२ जना


काठमाडौं । देशभरबाट पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १४ हजार ८७५ नमुना परीक्षण गर्दा १११७ महिला र १८२५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
नेपालमा कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । संक्रमितमध्ये ७३९ जनाको मृत्यु भइसकेको छ । ९२ हजार १६६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३२६ जना संक्रमणमुक्त भएका छन् ।
देशभर ३९ हजार ३४१ संक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ३०१ जनाको आईसीयू र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि