१६ जेष्ठ २०८०, मंगलबार / Tue May 30, 2023

दशैं बिदामा सिडिओलाई जिल्ला नछाड्न गृह मन्त्रालयकोको निर्देशन


काठमाडौं । गृहमन्त्रालयले नेपालीहरुको मुख्य चाडपर्व दशैं तिहारको समयमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण थप बढ्न सक्ने भएकाले सचेत रहन मन्त्रालय मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा तीव्ररूपमा फैलिरहेकाले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौती थपिँदै गएको अवस्थामा चाडबाडमा यसले थप जोखिम निम्त्याउन सक्नेतर्फ मातहतका निकायको ध्यानाकर्षण गराएको हो ।
नजिकिएको बडा दसैं, तिहार, छठ, नेपाल संवतलगायतका चाडपर्वमा मानिसको आवतजावत बढ्न जाँदा सङ्क्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा जोखिम थप बढ्न नदिन दसै बिदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न मन्त्रालयले निर्देशन दिएको छ ।
कोभिड–१९ को सङ्क्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य मापदण्डअनुरूप दूरी कायम गर्ने, भीडभाड नगर्ने, मास्क अनिवार्य लगाउने, नियमित रूपमा साबुनपानीले हातधुने वा स्यानिटाइजर प्रयोग गर्नेजस्ता क्रियाकलापलाई नै भरपर्दाे उपाय मानिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि