२१ कार्तिक २०७७, शुक्रबार १३:१५

अमेरिकी राष्ट्रपतिमा ‘जो वाइडेन’को विजय लगभग पक्का


एजेन्सी । विश्वभरका मानिसहरुको चासो र चर्चामा रहेको अमेरिकी राष्ट्रपति पदको निर्वाचनको परिणाम आउन ढिलाइ हुँदै गएकोमा चौतर्फी आलोचना भइरहेको छ ।
अमेरिकी समय अनुसार, बिहीवार राती १२ बजेसम्ममा पनि अघिल्लो दिनको परिणाममा थोरै मात्र परिवर्तन भएको छ । डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेन विजयको अत्यन्त नजिक पुगे पनि मतगणनामा ढिलाइ भएकोले परिणाम बाहिर आएको छैन । वाइडेनलाई अब जम्मा छ इलेक्टोरल मतको आवश्यकता छ । उहाँले राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल मतमध्ये २६४ प्राप्त गरिसक्नुभएको छ । राष्ट्रपति ट्रम्पले भने हालसम्म २१४ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । अधिकांश राज्यको मतगणनाको परिणाम आइसकेको र बाँकी चारवटा राज्यको मतपरिणाम आउन बाँकी छ । यी चारवटै राज्यमा दुवै उम्मेदवारबीच कडा टक्कर छ । नेभाडा, जर्जिया, एरिजोना र पेन्सिलभेनियामामा अहिले सबै अमेरिकनको ध्यान गएको छ । छ वटा इलेक्टोरल मत रहेको नेभाडामा अहिलेसम्म करिब ८९ प्रतिशत मतगणना सम्पन्न भइसकेको परिप्रेक्ष्यमा वाइडेनले ११ हजार ४३८ मतले अग्रता लिनुभएको छ भने ११ इलेक्टोरल मत रहेको एरिजोनामा ९० प्रतिशत मतगणना सकिँदा वाइडेनले ४६ हजार ६६७ मतले अग्रता लिनुभएको छ । उता जर्जिया र पेन्सिलभेनियामा भने राष्ट्रपति ट्रम्पले झिनो मतान्तरले अग्रता लिनुभएको छ । हिजोसम्म यी दुवै राज्यमा ट्रम्पले निकै ठूलो अग्रता लिनुभएको थियो । यी दुई राज्यमा क्रमशः ९९ र ९५ प्रतिशत मतगणना सम्पन्न भइसकेको छ । विश्लेषकहरूले यी दुई राज्यमा पनि वाइडेनले विजय हात पार्ने सम्भावना रहेको औँल्याएका छन् र यसलाई अन्यथा मान्न पनि सकिँदैन । उपर्युक्त चारवटै राज्यमध्ये एकमा मात्र विजय हात पारेको खण्डमा ट्रम्पको संभावना शून्य रहन्छ ।
उपर्युक्त चारवटै राज्यको परिणाम शुक्रवार सम्ममा आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि