२१ कार्तिक २०७७, शुक्रबार १५:४६

नेकपा विवाद : होला त वार कि पार !


काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादले उग्र रुप लिँदा वार कि पारको अवस्थामा पुगेको छ ।
दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आ–आफ्नै अडानमा कायम रहँदा वार कि पारको स्थितिमा पुगेको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।
शुक्रबार एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय धुम्बाराहीमा बैठक डाकेपनि यसलाई ओली पक्षले पूर्ण बहिष्कार गरेको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले त यसलाई गुटको भेला भनेका छन् ।
प्रचण्डले डाकेको सचिवालय बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका छन् । बैठकमा ओलीसहित, सचिवालय सदस्यहरु ईश्वर पोखरेल र महाचिव विष्णु पौडेल साथै रामबहादुर थापा बादल समेत अनुपस्थित भएका छन् ।
सचिवालय बैठकमा प्रचण्ड र माधवकुमार नेपाल पक्षको बहुमत छ । यो समूहमा पाँचजना र ओली पक्षमा चारजना देखिएका छन् । बादलले पनि सरकारमा रहेकाले सचिवालय बैठकमा अनुपस्थिति भएका हुनसक्ने अनुमान गरिएको छ । क. बादल यसअघि खुमलटारमा डाकिएको प्रचण्ड पक्षीय भेलामा अचानक सहभागी भएका थिए ।
नेकपाभित्र स्थायी कमिटीमा पनि प्रचण्ड माधव नेपाल गुटको बहुमत छ । स्थायी कमिटीका भीम रावल, जर्नादन शर्मा, पम्फा भुषाल, देव गुरुङलगायत यो गुटमा छन् । ओली गुटमा सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल जस्ता हस्तीहरु छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि