२१ कार्तिक २०७७, शुक्रबार १६:१२

चिनमा हिमालयन बैंक र बिओकेले जिते साढे एक अर्बको मुद्दा


काठमाडौं । बैंक अफ काठमाण्डू र हिमालयन बैंकले चीनको एक अदालतमा साढे एक अर्ब रुपैयाँ बराबरको मुद्दा जितेका छन् ।
मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चिनीयाँ ठेकदार कम्पनी चाइन रेल्वे १५ ब्युरो कम्पनी (सीसीआरसी)लाई जमानतमा दिइएको दुई बैंकको उक्त रकम फसेको थियो ।
आयोजनासँग सम्बन्धित जमानतमा फसेको रकम उठाउन यी दुई बैंकले ८ वर्षअघिदेखि सीसीआरसीसँग मुद्दा लड्दै आएका थिए । जसको लागि दुबै बैंकले आफ्ना प्रतिनिधिहरु चिन पठाएका थिए ।
ढिलै भएपनि चीनको अदालतले बैंकको पक्षमा फैसला गरी उक्त रकम फिर्ता गर्न आदेश दिएको शुक्रबार जानकारी गराइएको छ । यद्दपि मुद्दा हारेको सीसीआरसीले माथिल्लो अदालतमा जाने बाटो भने अझै बाँकी रहेको छ ।
मुद्दा जितेसँगै दुई बैंकले कूल एक अर्ब ५० करोड रुपैयाँ पाउने भएका छन् । जसमध्ये हिमालयन बैंकले ६६ करोड र बैंक अफ काठमाणडूले करिब ९० करोड रुपैयाँ फिर्ता पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि