५ मंसिर २०७७, शुक्रबार १६:२०

दुई अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि एडिबीको १८ अर्ब ऋण सहयोग


काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले नेपालका प्रमुख दुई अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि १५० मिलियन अमेरिकी डलर बराबरको ऋण प्रदान गर्ने भएको छ ।
नेपाली रुपैयाँमा उक्त ऋण रकम झण्डै १८ अर्ब बराबर रहेको छ । एडिबीले करिब १७ अर्ब ७४ करोड ८९ लाख ४५ हजार बराबरको ऋण सहयोग गर्न लागेको मनिलाबाट शुक्रबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हाल सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र निर्माण सम्पन्न हुने चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि उक्त ऋण दिन लागिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नयाँ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण पछि लुम्बिनी र वरपरका क्षेत्रीय पर्यटनलाई बृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको बैंकका वरिष्ठ यातायात विशेषज्ञ काई वी येओले बताएका छन् ।

ऋण सहयोगको रकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समानान्तर ट्याक्सी वे विस्तार, ह्याङगर, एप्रोन निर्माण गरिनेछ । यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवनको क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउनेछ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि