६ मंसिर २०७७, शनिबार १७:२५

नेकपामा तल्लो तह सम्मै फूटको विवाद


चितवन । नेकपाका नेता सुरेन्द्र पाण्डेविरुद्ध पार्टी एकता बिरोधी भन्दै गृहनगरकै कार्यकर्ताहरूले नाराबाजी गरेका छन् ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल निकटका स्थायी समिति सदस्य पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने काम मात्र गरेको भन्दै कार्यकर्ताले नाराबाजी गरेका हुन् ।
राप्ती नगरपालिकाको विरेन्द्रनगरमा गरिएको अगुवा कार्यकर्ता भेलामा पुगेका पाण्डेलाई ओली समर्थित कार्यकर्ताले पार्टी एकताबिरोधी भन्दै लखेट्ने प्रयास गरेका थिए । उनीहरूले पार्टी एकता जिन्दावाद, पार्टी फुटाल्न पाइँदैन लगायतका नारा लगाएका थिए ।
पाण्डेले मदन भण्डारी फाउण्डेशनमार्फत गुटबन्दी भएको बताएपछि ओली समर्थित कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका थिए ।
नगर कमिटीको आधिकारिक भेलामा अन्य ठाउँका कार्यकर्ताहरू आएर बिथोल्ने प्रयास गरेको आरोप पाण्डे समर्थित कार्यकर्ताहरूले लगाएका छन् ।
पाण्डे चितवन जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् । कार्यक्रम भएको स्थान उनको निजी निवासबाट नजिकै पर्छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि