९ मंसिर २०७७, मंगलवार ०८:५०

नेपालकी सपना रोका मगर बिबिसीको १०० प्रेरक र प्रभावशाली महिलाको सूचीमा


काठमाडौं । बेलायती समाचार संस्था बीबीसीले विश्वका १०० प्रेरक तथा प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी सपना रोका मगर पनि परेकी छन् ।
वर्ष २०२० को प्रेरक तथा प्रभावशाली १०० महिलाको सूची बीबीसीले सार्वजनिक गरेको हो ।
अप्ठ्यारो परिस्थितिमा केही भिन्न काम गरी समाजमा परिवर्तन ल्याउने महिलाहरूलाई सूचीमा राखिएको बीबीसीले जनाएको छ ।
बीबीसीमो टप १०० महिलाको सूचीमा फिनल्याण्डकी नेतृ सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिशेल योह र अक्फोर्ड युनिभर्सिटीले गरेको कोरोना भाइरसविरूद्धको भ्याक्सिनको अनुसन्धानमा जुटेकी सरा गिल्बर्ट रहेका छन् ।
बीबीसीको यो वर्षको १०० प्रेरक तथा प्रभावशली महिलाको सूचीमा पर्ने नेपाली सपना लाश जलाउने प्राविधिक हुन् । बीबीसीका अनुसार तीन महिना घरवारविहीन भएपछि सपना काठमाडौं आएकी थिइन् । काठमाडौं आएपछि उनी यस्तो संस्थामा काम गर्न थालिन् जसले बेवारिसे लाशको व्यवस्थापन गथ्र्याे अथवा जलाउँथ्यो ।
“नेपालमा कोरोना भाइरस संक्रमण मर्नेको शव व्यवस्थापन कार्य पूर्णरूपमा नेपाली सेनाले हेर्छ। सपनाको संस्थाले सडकमा बेवारिसे अवस्थामा भेटिएका शवलाई अस्पताल र्पुयाउने र त्यसको पोस्टमार्टम गर्ने व्यवस्था मिलाउँछ। यदि, यस्तो शव अस्पतालमा ३५ दिनसम्म कोही बुझ्न आएन भने उनको संस्थाले दागबत्ती दिएर शवको अन्तिम संस्कार (जलाउने) गर्छ। हिन्दू संस्कारअनुसार यस्तो कार्य प्रायः छोराहरूले गर्ने गर्छन्,” बीबीसीले भनेको छ।

सपनाले यस्तो कार्य सामाजिक सेवाको लागिभन्दा पनि मानसिक शान्तिको लागि गर्ने गरेको बीबीसीलाई बताएकी छन् ।
“संसारभरि घरबारविहीन, घरबाट निकालिएका मानिसहरू छन्। मानिस जसको मृत्यु सडकमा हुन्छ उनीहरू अन्तिम संस्कारको हकदार हुन्छन्। म यो काम सामाजिक सेवाको रूपमाभन्दा पनि आफ्नै मानसिक शान्तिको लागि गर्दछु,” सपनाले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि