१० मंसिर २०७७, बुधबार ०८:५८

रणनीतिक प्रतिस्पर्धामा उत्रिए भारत र चिन


काठमाडौं । नेपालमा हालै भारत र चीनबीचको रस्साकस्सी बढिरहेको छ । हाल सामरिक प्रतिस्पर्धा बढ्दै गएको भन्दै विज्ञहरूले दीर्घकालीन परिस्थिति आँकलन गरेर कूटनीति सञ्चालन गरिनुपर्नेमा जोड दिएका छन् ।

‘रअ’ भनिने भारतको खुफिया निकायका प्रमुख र स्थल सेनाध्यक्षले नेपाल आएर प्रधानमन्त्री सहित उच्च अधिकारीहरूसँग भेटेपछि गएको जनवरीमा भारतको विदेश सचिवको जिम्मेवारी सम्हालेका हर्षवद्र्धन श्रृंगला आफ्नो पहिलो भ्रमणमा काठमाडौं आउने भएका हुन् ।

श्रृंगला दुई दिने भ्रमणबाट फर्किएको ४८ घण्टा नबित्दै उपप्रधानमन्त्रीको हैसियतका चिनियाँ रक्षामन्त्री वेइ फेंग्हे एक दिने भ्रमणमा आइपुग्ने अधिकारीहरूले जानकारी दिएका छन् ।
चिनियाँ रक्षामन्त्रीको भ्रमणको एजेण्डा नखुलाइएको भएपनि परराष्ट्र मामिलाका विज्ञहरूले यसलाई नेपालमा बढिरहेको भूराजनीतिक प्रतिस्पर्धासँग जोडेर हेर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि