१२ मंसिर २०७७, शुक्रबार १३:५४

‘डोनाल्ड ट्रम्पद्वारा ह्वाइट हाउस छाड्ने जनाउ’


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इलेक्टरल कलेजले आफ्ना प्रतिस्पर्धी जो बाइडनले जितेको प्रमाणीकरण गरेमा आफूले ह्वाइट हाउस छाड्ने घोषणा गरेका छन् ।
तर ट्रम्पले आफ्नो पराजय अझै स्वीकार गरिसकेका छैनन् । यसअघि उनले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्नेमा सहमति जनाएका थिए ।
राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्तिले उनी पराजय स्वीकारको नजिक पुगे जस्तो देखिन्छ ।
इलेक्टरल कलेजको बैठक आउँदो डिसेम्बर महिनाको १४ तारिखमा हुँदैछ ।
तर ट्रम्पले सिधै पराजय स्वीकार गरिसकेका छैनन् । उनले प्रमाण प्रस्तुत नगरेरै मतदानमा धाँधली भएको दाबी दोहो¥याइरहेका छन् ।
यसअघि उनले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु हुने कुरामा सहमति जनाएका थिए ।
त्यस कामको जिम्मेवारी रहने सङ्घीय निकाय जनरल सर्भिसेस एड्मिनिस्ट्रेशन (जीएसए)ले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु पनि गरिसकेको छ ।
बाइडनले त्यसको स्वागत गरेका छन् ।
उनलाई राष्ट्रिय सुरक्षाका दैनिक जानकारी दिन थालिएको छ भने राष्ट्रपति निर्वाचित र उनको समूहले पाउने बजेट र साधन स्रोतहरू उपलब्ध गराइएको छ ।
बाइडनले आफ्नो नेतृत्वको सरकार र प्रमुख निकायहरूमा मुख्य जिम्मेवारी दिइने केही व्यक्तिहरूको नाम पनि सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि