१२ मंसिर २०७७, शुक्रबार १८:०९

भ्रष्टाचारीलाई बर्काेले छोपेर संरक्षण गर्छन् नेपालका प्रधानमन्त्री


काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रायजसो भाषणमा भन्छन् – ‘म आफू पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ ।’ तर भर्खरै प्रकाशित ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन अनुसार नेपाल दक्षिण एसियाकै पहिलो भ्रष्टाचारी मुलुक बनेको छ । प्रतिवेदनमा भनिएको छ – ‘नेपालका प्रधानमन्त्री केपी ओली भ्रष्टाचारका आरोपी सहकर्मीहरुको प्रतिरक्षा आफैँ गर्छन ।’ उक्त प्रतिवेदनलाई हेर्दा प्रधानमन्त्रीका फुस्रा भाषण जनता मख्ख पार्न मात्र प्रयोग गरिएको स्पष्ट हुन्छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले जारी गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’को प्रतिवेदनले नेपाल भ्रष्टाचार उन्मुलनको मुद्दामा चुकेको बताएको हो । प्रतिवेदनमा ५८ प्रतिशत जनताले पछिल्लो वर्ष देशमा भ्रष्टाचार बढेको, ८४ प्रतिशत जनताले भ्रष्टाचार देशको सबैभन्दा ठूलो समस्या भएको, ५० प्रतिशत जनताले भ्रष्टाचार बढेको विश्वास गरेको, ४३ प्रतिशत नेपाली सांसद र सरकारी कर्मचारी भ्रष्ट रहेको, १२ प्रतिशत नेपाली जनताले सरकारी काम लिँदा कहीँ न कहीँ घूस खुवाएको, १३ प्रतिशत जनतालाई भोट दिनको लागि घूस खुवाइएको, ३७ प्रतिशत जनताले भ्रष्टाचार नियन्त्रण गर्ने पहल खराब भएको, ५८ प्रतिशत जनताले भ्रष्टाचार उल्लेख्य मात्रामा बढेको, २३ प्रतिशत जनताले भ्रष्टाचार यथावत, ७ प्रतिशत महिलाहरुले सेवा स्थलमा यौन दुव्र्यवहारको सामना गर्नुपरेको लगायतका तथ्यहरु समावेश छन् ।
उक्त प्रतिवेदनअनुसार नेपाल मतसर्वेक्षणमा सहभागी एसियाका १७ देशहरुमै पहिलो हो ।
प्रधानमन्त्रीले भ्रष्टाचारमा नाम जोडिएका आफ्ना मन्त्रीहरुको पतिरक्षा गरेकाले भ्रष्टाचार बढेको विज्ञहरुले विश्लेषण गर्दै आएका छन् । प्रधानमन्त्रीले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँछु भनेर भनेता त्यस्तो नदेखिएको प्रतिवेदनले बताएको छ ।
सरकार गम्भीर हुनुपर्ने विषयमा गम्भीर नै नभएको भ्रष्टाचारलाई बढावा नै दिइरहेको छ प्रतिपक्षीहरुले पनि बताउँदै आएका छन् ।
ट्रान्सपरेन्सीले एसियाका १७ मुलुकमा भ्रष्टाचारको स्तर तथा सार्वजनिक सेवाको समान पहुँच तथा सरकारप्रतिको विश्वासजस्ता विषयमा जनतामाझ सर्वेक्षण गरी यो प्रतिवेदन तयार पारेको हो । यो प्रतिवेदनका लागि २० जना व्यक्तिसँग मार्च २०१९ देखि सेप्टेम्बर २०२० सम्म सर्वेक्षण गरिएको थियो । कोभिडका कारण अधिकांश अन्तर्वार्ता टेलिफोनबाट गरिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि