१३ मंसिर २०७७, शनिबार १६:५७

पुरातत्वद्वारा १८ ठेक्काको ९ करोड ८८ लाखका लागि कम्पनी छनोट


काठमाडौं । प्राचीन सम्पदा, धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण, जीर्णाेद्धार र पुनःनिर्माण गर्नुपर्ने १८ स्थानका पुरातत्व विभागले निर्माण कम्पनी छनोट गरेको छ ।
कुल ९ करोड ८८ लाख रूपैयाँ बराबरको ठेक्काका लागि आह्वान गरिएको बोलपत्र भरेकाहरू मध्येबाट निर्माण कम्पनी छनोट गरिएको विभागले जनाएको छ। १८ योजनामध्ये सर्वाधिक रकम सिन्धुपाल्चोकको दुगुनागढीमा खर्च हुने भएको छ। उक्त क्षेत्र संरक्षणका लागि प्राप्त बोलपत्रअनुसार १ करोड १९ लाख ६६ हजारको लागत रहने विभागको सूचनामा उल्लेख छ ।
काठमाडौंका रविभवनको नाथम परिसरमा रहेको राणाकालीन भवन, फुल्चोकीको माई मन्दिर, मनमैजु गा सत्तल, गोदावरीको वालकुमारी मन्दिर, चाँगुनारायण झौखेलको गणेश महादेव मन्दिर र सत्तल, पाटन दरबार क्षेत्रको देगुतलेजु मन्दिर, साँखुको सर्वदेश्वर महादेव मन्दिर र सुन्दरीजलको वीपी संग्रहालयको बाँकी काम पूरा गर्न ठेकेदार छनोट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि