१६ मंसिर २०७७, मंगलवार १८:५४

‘राजतन्त्रले विरोध प्रदर्शनका लागि खुल्ला गराएको खुल्लामञ्च लोकतन्त्रवादीले बन्द गराए’


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ ।
पछिल्ला दिनहरुमा देशका ठुला शहरहरुमा राजतन्त्र र हिन्दु राज्यको पक्षमा व्यापक जन प्रदर्शन भइरहेको छ । राजावादी, हिन्दु राज्य पक्षधर, पुराना राप्रपा, राजावादी धारका कांग्रेसीजन र विप्लव नेतृत्वको नेकपा लगायतका राजनीतिक शक्ति तथा गणतन्त्रपछिका युवाहरुमा छाएको तिक्तताका कारण राजतन्त्र र हिन्दु राज्यको पक्षमा आवाज बुलन्द हुँदै गइरहेको छ । हजारौ युवाहरुलाई गणतन्त्रले प्रयोगको पात्र मात्रै बनाएका कारण युवाहरुसमेत राजतन्त्र र हिन्दु राज्यको पक्षमा उत्रिएका छन् ।

१२ बुँदे दिल्ली सम्झौताको विरोधी शक्ति तथा मित्रराष्ट्र चिनले समेत राजाका पक्षमा आन्तरिक समर्थन गर्दै आइरहेको छ ।
राजतन्त्रमा समेत आम सभा, धर्ना, जुलुस तथा विरोध प्रदर्शन गर्नका लागि खुल्लामञ्चलाई तोकि दिएको थियो । राजाले उपलब्ध गराएको त्यसै ठाउँबाट आदर्श कम्युनिष्ट नेता मदन भण्डारीले तत्कालिन राजालाई श्रीपेच खोलेर मैदानमा आउन चुनौती दिएका थिए । आज तीनै नेताकी धर्मपत्नी देशको सर्वाेच्च पदमा आसिन छिन, तर त्यो धरातलबाट आएको सरकारले प्रतिबन्धात्मक शैली अपनाउनु व्यवस्था माथि धज्जी उठाएको राजतन्त्र पक्षधरहरुले मिडिया क्लब नेपाललाई बताए ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले कोरोना संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप नगर्न आग्रह गरेको हो । तर कोरोनाको बहानाबाजीमा सरकारले आफू विरुद्धको ढाकछोप रोक्न खोजेको राजावादीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि