२४ मंसिर २०७७, बुधबार १७:२४

अपर तामाकोशी : आयोजना नसकिदै बजारमूल्य उचालियो


काठमाडौं । पछिल्ला केही दिनहरुमा शेयर बजारमा उत्तरचढाव आएको छ । त्यसैको प्रभावले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर मूल्य उकालो लाग्दै गएको छ । आइतबार नकारात्मक सर्किट लागेको दिनबाहेक ५ दिनदेखि यो सेयरको कारोबारमा निरन्तर सकारात्मक सर्किट लाग्दै गएको छ ।
अघिल्लो साताको आइतबार ३ सय रुपैयाँ भन्दा कम मूल्यमा कारोबार भइरहेको यस कम्पनीको सेयर मंगलबारसम्म आइपुग्दा ५ सय रुपैयाँभन्दा माथि कारोबार भइरहेको छ । यो दुई तिहाई भन्दा बढीको बढोत्तरी हो । यसको अर्थ अघिल्लो साता यस कम्पनीको सेयरमा लगानी गर्नेले अहिले करिब ७० प्रतिशत पुँजीगत लाभ प्राप्त गरिसकेका छन् ।
यसरी दिनप्रतिदिन मूल्य उचालिँदै जाँदा लाग्छ, यो कम्पनीले आयोजनामा छिटै नै कुनै ‘ब्रेक थ्रु’ नै गर्दैछ । तर, आयोजनाको अवस्था हेर्दा उत्साहित हुने अवस्था छैन । आयोजना निर्माणको अन्तिम चरणमा रहेको यो कम्पनीले कहिलेदेखि व्यवसायिक उत्पादन थाल्छ भन्ने टुंगो नै छैन । पछिल्लो पटक लिइएको पुस मसान्तदेखि परीक्षण उत्पादन थाल्ने लक्ष्य भने फेरि पनि पूरा नहुने निश्चित देखिएको छ ।
अपर तामाकोशी आयोजनाको भौतिक प्रगति ९९.५ प्रतिशत भन्दा बढी छ । आयोजनाको तेस्रो सुरुङ अन्तर्गत दुईवटा पाइप जडान गरेपछि आयोजनाको भौतिक प्रगति शतप्रतिशत पुग्छ । उक्त सुरुङमा पाइप जडान भएपछि आयोजना परीक्षण उत्पादनको चरणमा जानेछ । आयोजनाको अन्तिम गाँठोको फुक्न नसक्दा लामो समयदेखि आयोजनाको काम प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि