नमोबुद्धमा ‘युवाहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह’बारे अन्र्तक्रिया
काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिकामा नगपालिकाभित्र रहेका युवाहरुलाई लक्षित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेबारे अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नमोबुद्ध नगर युवा परिषदको आयोजनामा नगरपालिकाभित्र रहेका बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखहरुसँग बुधबार अन्तक्र्रिया सम्पन्न भएको हो । नगर प्रमुख एवं नगर युवा परिषद्का अध्यक्ष टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नमोबुद्ध नगरपालिकाभित्र शाखा रहेका पाँचवटा बैंकका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले नगरपालिकाभित्र युवाहरुको उद्यमशिलता रोजगारीका लागि सहुलियतपूर्ण कर्जा प्रवाहलाई सहज बनाउन बैंकका शाखा प्रमुखहरुलाई आग्रह गरेका थिए । सहुलितयपूर्ण कर्जा प्रवाह र त्यसको उपयोगिताबारे अनुगमन गर्ने तथा युवाहरुलाई वित्तीय साक्षरता, उद्यमशिलता र सीप विकासका तालिमहरु युवा परिषलमार्फत आयोजना गर्ने प्रतिबद्धता नगर प्रमुख तिमल्सिनाले व्यक्त गरे ।
कार्यक्रमबाट नमोबुद्ध नगरपालिकाभित्र उद्यम गर्न चाहने युवाहरुका लागि सहुलियतपूर्ण रुपमा कर्जा प्रवाहलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन साझा कार्यविधि तयार पारी सबै बैंकले कार्यान्वयन गर्ने निर्णय भएको छ ।