‘कोभिड-१९ को महामारीबाट बाहिर निस्कन सार्क मुलुकबीच सामूहिक सहकार्य आवश्यक’
काठमाडौं । बुधबार सार्कको ३६ औँ वडापत्र दिवस (चार्टर डे) हो । सार्क मुलुकको अध्यक्ष राष्ट्रका हैसियतमा सोही अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले महामारीबाट बाहिर निस्कन सामूहिक रूपमा अघि बढ्न आवश्यक भएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को महामारीबाट बाहिर निस्कन दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबीच सामूहिक सहकार्यको जरूरी रहेको बताएका छन् ।
कोभिड-१९ को महामारीले अभूतपूर्व चुनौती प्रस्तुत गरेको भन्दै महामारीले स्वास्थ्य र अर्थ व्यवस्थामा मात्र नभई सामाजिक जीवन, मानिसको जीवनशैली र भविष्यको जीविकामा समेत असर गरेको उल्लेख गरेका छन् ।