२८ मंसिर २०७७, आईतवार १७:४२

नेकपा सचिवालय बैठक आलटालमै सिमित


काठमाडौं । अघिल्लो स्थायी कमिटीले बैठकको ‘आन्तरिक समस्या’ भनेर छलफलको एजेन्डा निर्धारण गरेको थियो । तर आज बसेको नेकपा सचिवालय बैठकले नेकपा स्थायी कमिटि सदस्य स्व. कमानसिं लामाप्रति श्रद्धाञ्जली कार्यक्रम मात्र गरिएको छ । आजको बैठकमा अरु एजेण्डाको विषयमा छलफल नभएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

विगत केही समयदेखि नेकपामा आन्तरिक कलह जारी छ । नेकपा सचिवालयले टुंग्याउन नसकेको उक्त विवाद स्थायी कमिटिले टुंग्याउन सक्छ भन्ने एकाथरीको बुझाई छ । तर पछिल्लो समय नेतृत्वमा रहेका शीर्ष व्यक्तिले नै देशका विभिन्न ठाउँमा गुटगत भेला गर्न थालेपछि नेकपा एकताभन्दा विघटनतर्फ उन्मुख हो कि भन्ने कतिपयले विश्लेषण गरेका छन् ।

सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गरेको दस्तावेजलाई अभियोग पत्रको सङ्ज्ञा दिँदै त्यसमा छलफल हुन नसक्ने प्रधानमन्त्री ओलीको अडान थियो ।
सिधै त्यसमा छलफल नभएर पार्टीको ‘आन्तरिक समस्या’ मा छलफल हुने नेकपा उच्च स्रोतले बताएको छ । त्यो भनेको प्रधानमन्त्रीले असहमति जनाएको विषय सिधै एजेन्डामा परेन ।
यता ओलीको विपक्षमा रहेका नेताहरूले सबै दस्तावेजहरूमा छलफल हुने अडानमा छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि