युवा साकोसद्वारा मजदूरलाई न्यानो कपडा वितरण

काभ्रे । काभ्रे जिल्लाको व्यापारिक नगरी बनेपामा रहेको युवा बचत तथा ऋण सहकारी संस्था लि.ले सामाजिक उत्तरदायित्व वहन गर्दै उग्रेश्वर महादेव मन्दिरको आसपास बस्ने मजदुरहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
साकोसकी लेखा समिति सदस्य रेश्मा श्रेष्ठको संयोजकत्वमा उग्रतिर्थ मन्दिर आसपास बसोबास गर्दै आएका मजदुरहरूलाइ न्यानो कपडा वितरण गरिएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष, सचिव तथा व्यवस्थापकको सहभागिता रहेको थियो ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
