६ पुष २०७७, सोमबार १६:१२

‘सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटन विरुद्ध १२ रिट दर्ता’


काठमाडौं । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै सर्वाेच्च अदालतमा १२ वटा रिट निवेदन दर्ता भएका छन् ।
आइतबारदेखि नै दर्ताको प्रतीक्षामा रहेका सहित थप नयाँ समेत गरेर दशवटा रिट दर्ता भएका हुन् ।
रिट निवेदनहरुमा प्रतिनिधिसभा विघटनलाई मान्यता दिन नहुने जिकिर गरिएको छ । त्यस्तै संवैधानिक परिषदको बैठक बसेर सिफारिश गरेको भनी संसद सचिवालयमा पठाएको संवैधानिक नियुक्तिहरुको निर्णयविरुद्ध पनि रिट परेका छन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओलीलगायतका रिट दर्ता भएको सर्वाेच्च अदालतले जनाएको छ । १२ मध्ये दुईवटा रिट संवैधानिक इजलासमा पठाइएको छ ।
रिटहरुमाथिको पेशी बुधवारलाई तोकिएको छ भने संवैधानिक इजलासको पेशी शुक्रबार हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि