२४ जेष्ठ २०८०, बुधबार / Wed Jun 7, 2023

परोपकार महिला साकोसको नवौं साधारण सभा सम्पन्न


चरिकोट । दोलखा जिल्लाको चरिकोटमा रहेको महिलाद्वारा सञ्चालित परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लि.को नवौं वार्षिक साधारणा सभा सम्पन्न भएको छ ।
साधारण सभा गत पौष १ गते शुभारम्भ गरी पौष १० गतेसम्म संस्थाको कार्यालयमा सञ्चालन गरिएको थियो । शुभारम्भ कार्यक्रममा नेफ्स्कुनका सञ्चालक सदस्य जिवसराज खड्काको प्रमुख आतिथ्यता रहेको थियो । दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भूमिराज खड्का, जिल्ला सहकारी संघका उपाध्यक्ष देवी शर्मा फूँयाल लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
साधारण सभा सम्पन्न तथा निर्णय प्रमाणित गर्न संस्थाका १२ शेयर सदस्य उपस्थित भई प्रमाणित गरिएको संस्थाकी अध्यक्ष शर्मिला सापकोटाले जानकारी दिनुभयो ।


साथै संस्थाको नियमित उत्कृष्ट मासिक बचतकर्ता सम्मान स.नं. १७५ कि जानुका पाठक, दैनिक उत्कृष्ट बचतकर्ता सम्मानबाट स.नं. २१८ कि समिता ओली, उत्कृष्ट ऋणी सम्मानबाट स.नं. ६९ कि कमला सुवेदीलाई नगद रू.१,००५ सहित सम्मान गरिएको छ ।
संस्थाको कार्यलयमा भएको उक्त कार्यक्रमको समापन संस्थाकी अध्यक्ष शर्मिला सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि