१३ पुष २०७७, सोमबार १६:२०

‘चिनिया कम्युनिष्टलाई नेपालको स्थिरताको चिन्ता’


काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दा नेपालको राजनीतिक स्थिरताबारे चिन्ता जाहेर गरेको राष्ट्रपतिका एक विज्ञले बताएका छन् ।
‘नेपालभित्रको राजनीतिक स्थिरता र स्थायित्वप्रति चीनको चिन्ता छ भन्ने छलफलमा देखिएको बताइएको छ ।
सीपीसीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गो इन्झो नेतृत्वको प्रतिनिधिमण्डलले नेपालका आन्तरिक घटनाक्रमले दुई देशबीचको सम्बन्धमा कुनै असर नपार्ने बताएका थिए ।
आइतवार राष्ट्रपति भण्डारीसँग झन्डै आधा घण्टा भेटेपछि चिनियाँ टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो ।
राष्ट्रपति भण्डारीले नेपाल लोकतान्त्रिक बाटोबाट हिँडिरहेको र आफ्नो संविधान अनुरूप लोकतान्त्रिक बाटोबाटै त्यसको निरूपण हुने बताएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि