२३ पुष २०७७, बिहीबार १६:११

‘देशभरबाट ५ हजार सहकारी नै गायब !’


काठमाडौं । झण्डै ५ हजार सहकारी संस्था गायब भएको एउटा सरकारी प्रतिवेदनले देखाएको छ । सहकारी विभागले प्रकाशन गरेको प्रतिवेदन अनुसार देशभर अहिले २९ हजार ८ सय ८६ वटा सहकारी संस्था छन् । केही समय अघिसम्म सहकारी विभागले नै देशभर सहकारीको संख्या ३४ हजार ८ सय ३७ रहेको बताउँदै आएको थियो ।
पछिल्लो प्रतिवेदन अनुसार ४ हजार ९ सय ५१ सहकारी संस्था गायब देखिन्छ । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले केही सहकारी निस्क्रिय र केही मर्जरमा गएकाले सहकारीको संख्या घटेको बताए । तर विज्ञहरुले भने यस अघि गरिएको तथ्यांक संकलनमा नै त्रुटि भएकाले बढी संख्या देखाएको बताउँछन् ।
पछिल्लो तथ्यांक अनुसार देश भर रहेका २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्थामध्ये संघीय सरकार अन्तर्गत १ सय २५, प्रदेश सरकार अन्तर्गत ६ हजार २ र स्थानीय सरकार अन्तर्गत २३ हजार ७ सय ५९ वटा सहकारी संस्था रहेका छन् ।
सहकारी संघसंस्थामा आवद्ध कूल सदस्य संख्या ७३ लाख ७ हजार ४ सय ६२ छन । कूल सदस्य मध्ये महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्य ४४ प्रतिशत रहेका छन् । पुरुष सदस्य संख्याको तुलनामा महिला सदस्य संख्या १२५ बढी हो ।
सहकारीहरुले बचत संकलन ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार ४ सय ७३ र ऋण लगानी ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार ३ सय ८१ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि