२६ पुष २०७७, आईतवार ११:५५

लक्ष्मी महिला साकोसको ‘संस्थागत विकास तालिम’ सम्पन्न


काभ्रे । काभ्रेको पनौतीमा रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि.ले संस्थागत विकास तालिम भक्तपुरको नगरकोटमा सम्पन्न भएको छ ।
तालिममा संस्थाको संचालक समिति, लेखा समिति, उपसमिति र व्यवस्थापनका गरी २३ जनाको सहभागिता थियो । नेफ्स्कुनको प्रोबेशन कार्यक्रम अन्तर्गत बागमती पहिलो क्लस्टरमा आबद्ध संस्थाले यो तालिमबाट आगामी वर्ष प्रोबेशन अन्तिम परिक्षण गराउने लक्ष्य सहित कार्ययोजना निर्माण गरिएको बताइएको छ । यस तालिमले आगामी दिनमा संस्था संचालनको लागि समिति, उपसमिति र व्यवस्थापनको क्षमता विकास भएको र तालिमबाट सिकेका कुुराहरु संस्थामा गई कार्यान्वयनमा ल्याउने संस्थाकी अध्यक्ष मैंया महतले प्रतिबद्धता व्यक्त गर्नुभयो । तालिमको सहजिकरण नेफ्स्कूनका वरिष्ठ तालिम अधिकृत वल्वभ तिमिल्सेना र कार्यक्रम अधिकृत कोमल राज अधिकारी गर्नुभएको थियो ।

तालिम समापन कार्यक्रममा नेफ्स्कूनका प्रचार्य गणेशप्रसाद तिमिल्सेनाले समिति तथा उपसमितिको काम कर्तव्य र अधिकारका विषयमा प्रष्ट पार्दै तालिम सिकाका कुराहरुलाई व्यवहारमा परिणत गर्न आग्रह गर्नुहुँदै साकोसको सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि