२७ पुष २०७७, सोमबार १०:५०

मिलिजुली कालिञ्चोक साकोसको २७ औं साधारण सभा सम्पन्न


दोलखा । दोलखाको चरिकोटमा केन्द्रीय कार्यालय रहि जिल्लाका विभिन्न क्षेत्रबाट सेवा प्रदान गरिरहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. को २७ औं एवं एकीकरण पछिको प्रथम तथा संयुक्त साधारणसभा सम्पन्न भएको छ ।

संस्थाले २०७७ साल असोज १ गते संघिय सहकारी विभागले दिएको मार्ग निर्देशन बमोजीम यस बर्षको साधारणसभाहरु सम्पन्न गरेको बताइएको छ । संस्थाले २०७७ साल पौष २ गते जिल्लाका विभिन्न ५ वटा एफ.एम.हरु बाट र फेसबुक लाईभ मार्फत वार्षिक प्रतिवेदन वाचनको प्रत्यक्ष प्रशारण गरेको थियो भने सोही दिन संस्थाको वयभसाईटमा प्रतिवेदन राखिएको थियो ।
शेयर सदस्यहरुलाई बार्षिक प्रतिवेदन वितरण गर्न र उपस्थिति गराउन बिभिन्न ६० स्थानमा केन्द्र ब्यवस्थापन गरीएको थियो । उपस्थिति केन्द्रमा उपस्थिति गराईएको मितिले ७ दिन सम्म संस्थालाई सुझाव दिनको लागि शेयर सदस्यहरुलाई समय प्रदान गरीएको बताइएको छ । उक्त समयमा आएका सुझावहरु संस्थाको सञ्चालक समितिको बैठकमा छलफल गरी ऐन नियमको परिधि भित्र रहि संस्थाको आवश्यकताअनुसार निर्णयमा समावेस गरीएको बताइएको छ ।
२०७७ भाद्र ७ गते संस्थाको २८ औं स्थापना एवं कारोबार दिवसमा घोषणा गरेको बिभिन्न ३० बिधाको सम्मान तथा पुरस्कार बितरण कार्यक्रम समेत संस्थाको २७ औं एवं एकीकरण पछिको प्रथम बार्षिक साधारण सभा समापन कार्यक्रमको अवसरमा सम्पन्न गरेको छ ।
उक्त सम्मान बितरण कार्यक्रमको प्रमुख अतिथि दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष भुमिराज खड्का तथा अतिथिहरु जिल्ला सहकारी संघ लि. दोलखाका लेखा सुपरिवेक्षण समितिका संयोजक रत्न बहादुर श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक लि का श्यामप्रसाद दाहाल लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नारायणबहादुर श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि