२४ जेष्ठ २०८०, बुधबार / Wed Jun 7, 2023

बिन्धवासिनी साकोसको ‘बहुउद्देश्यीय भवन’ शिलान्यास


काभ्रे । अन्र्तराष्ट्रिय मापदण्ड पूरा गर्न सफल बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. ले काभ्रेको व्यापारिक नगरी बनेपामा बहुउद्देश्यीय भवनको शिलान्यास सम्पन्न गरेको छ ।
जन्मेपश्चात मृत्यु पश्चात परिवारका सदस्यसम्म सहयोग गर्दै आर्थिक समृद्धिको अभियान चलाएको बिन्धवासिनी साकोसले निर्माण गर्न लागेको बहुउद्देश्यीय भवनमा सदस्यहरुले उत्पादन गरेका वस्तुहरुको भण्डारण, ग्रेडिङ, प्याकेजिङ, लेभलिङ गरी सदस्यहरुको हितमा प्रयोग हुने संस्थाका अध्यक्ष प्रदीप थापाले बताउनुभयो ।
बनेपा चारदोबाटो भित्रको ३१ आनामा दुई वटा भवन निर्माण हुने प्रमुख कार्यकारी अधिकृत के.बि. लामाले बताउनुभयो ।
१० करोड १० लाखको इस्टिमेट गरिएकोमा इविडिङ्गबाट ७ करोड ३८ लाखमा निर्माण व्यवसायीसँग सम्झौता गरिएको प्रमुख कार्यकारी अधिकृत लामाले बताउनुभयो । भवन १८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि