५ माघ २०७७, सोमबार १५:४०

‘महिलाहरुको आर्थिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेका छौं’


२०५५ सालमा समुदायमा आधारित रहि व्यवसायिक महिला सहकारी बनाउने लक्ष्यसहित स्थापना भएको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था जिल्लामै अब्बल महिला सहकारीको रूपमा चिनिन्छ । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने नारा लिएर अघि बढेको उक्त सहकारीले दुई दशक सफल यात्रा पूरा गरिसकेको छ । विगत केही वर्षदेखि संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा रहि संस्थालाई हाँकिरहनुभएका मनोज रायमाझीसँग मिडिया क्लब नेपालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

१) लक्ष्मी महिला साकोसको बारेमा बताइदिनुस न ।

०५५ साल चैत्र १३ गते देखि निरन्तर समुदायमा आधारित दिगो उत्कृष्ट व्यावसायिक महिला सहकारी संस्था बनाउने परिकल्पनाका साथ निरन्तर रुपमा आर्थिक, सामजिक तथा विप्रेषणका सेवा मार्फत पनौती, धुलिखेल र बनेपा नगरपालिकाका दिदि–बहिनीहरुलाई सक्षम तथा जीवन स्तर उकास्न निरन्तर सहयोग गर्दै आइरहेको छ । ‘एकका लागि सबै र सबैका लागि एक’ सहकारीको मुल मन्त्रलाई आत्मासाथ गर्दै सहकारी सिद्धान्तको आधारमा लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था नामाकरण गरि २०५५ साल चैत्र १३ गतेबाट सुरु भएको यस संस्था आज २२ औं वर्षमा प्रवेश गरिसकेको छ । यस अवधिमा आफ्नो कार्य क्षेत्रमा रहेको महिलाहरु मध्येको उत्कृष्ट सहकारी संस्था हुदै महिलाहरुको जीवन स्तर र आर्थिक स्तर वृद्धिको लागि निरन्तर लागि रहेकै छ ।

२) युवा उमेरमा व्यवस्थापकीय नेतृत्वमा हुनुहुन्छ, कस्तो अनुभव गरिरहनुभएको छ ?

वर्तमान परिपेक्ष्यमा सहकारी क्षेत्रमा धेरै नै युवा पुस्ताको रुचि बढ्दै गएको हामी देख्न सक्छौ, सन् १८४४ मा बेलायतबाट सहकारीताको अभ्यास सुरु भई विश्वमा त्यसको सञ्चालन विधि, सिद्धान्त र फरक छविको आत्मसाथ र अनुकरण हुदै आएको १७६ वर्ष भन्दा बढि भईसकेको छ । नेपालको इतिहास हेर्ने हो भने वि.स. २०१३ साल चैत्र २० गते चितवन जिल्लामा बखान ऋण सहकारी समितिको गठन भएको थियो भने नेपालमा २०१६ सालमा पहिलो पटक सहकारी ऐन जारी भएको थियो । तर पनि सहकारीलाई हेर्ने दृष्टिकोण नाजुक नै थियो । विगत केहि दशक यता सहकारी संस्था पनि आर्थिक सुशासन, नीति, विधि तथा नियमावलीलाई मान्दै अगाडि बढेको हुनाले सहकारी क्षेत्र पनि प्रोफेशनल हुदै गएको हामी महसुस गर्न सक्छौं । त्यसकारण पनि सहकारी क्षेत्रमा युवा पुस्ताको चासो बढदै गएको छ । मेरो व्यक्तिगत अनुभवको कुरा गर्नुपर्दा पनि नेतृत्वदायी भुमिका चुनौतीपूर्ण नै हुन्छ, किनकी नेपालको भौगोलिक अर्थव्यबस्था नै खुम्चियएको छ । सिमित बजार सिमित क्षेत्र सोहि ठाँउमा रहेर काम गर्दा आज पनि कतिपय सहकारी संस्थाहरु ऐन, नीति, विधि मापदण्डहरु झोलामा राखेर व्यक्तिगत तवरबाट संस्था चलाईरहेको अबस्था छ । त्यस कारण विभिन्न समयमा समग्र सहकारीहरुले त्यस किसिमको संस्थाको दुशपरिणाम भोग्नु परेको छ । अन्यथा यदि सबै सहकारी संस्था नियम कानुन निति, विधि अनुसार चल्ने हो भने सहाकारी क्षेत्रमा सेवा गर्नु राम्रो अवसर हो ।

२) सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणमा संस्थाले कस्तो भूमिका खेलेको छ ?

यस लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि पनौती–५ मा अवस्थित रहेर काभ्रे जिल्लाको तीनवटा नगरपालिका पनौती, धुलिखेल र बनेपा नगरपालिका भित्रका महिलाहरुद्धारा संञ्चालित विभिन्न परियोजनाहरु लगाएत कृषि, पशुपालन, उद्योग जस्ता क्षेत्रमा रहेर उद्यमशिल बन्न चाहनेहरुका लागि संस्थाबाट नीति नियम अनुसार लगानी हुदै आएको छ । र संस्थाका विभिन्न शिर्षकमा बचत गर्न पाईने सुविधा प्रदान गरिएको छ । संस्थाले विभिन्न नगर वडा भित्रका ठुला सामजिक कार्यहरुमा योगदान पु¥याउदै आईरहेको छ । संस्थाको कार्यक्षेत्र रहेका नगरभित्र भएका विभिन्न संस्कृतिक संरक्षणका लागिसंंस्थाबाट विभिन्न शिर्षकमा समय सापेक्ष सहयोग प्रदान गर्दै आएका छांै ।

३) लक्ष्मी महिला साकोस काभ्रे जिल्लाको उत्कृष्ट महिला सहकारी बनेको छ, यो सफलताको श्रेय कस–कसलाई जान्छ ?

सर्व प्रथम यसको श्रेय हामी हाम्रो संस्थाको शेयर सदस्यज्युहरुलाई दिन चाहान्छौ । उहाँहरुको योगदान, उहाँहरुको विश्वासले नै हामिले जिल्लाकै महिलाहरुद्धारा संञ्चालित उत्कृष्ट महिला सहकारी संस्था भनेर चिनाउन सफल भएका छांै । त्यसैगरि यस संस्थाका संञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप–समितिहरु संस्थालाई मार्गदर्शन गर्नुहुने प्रमुख सल्लाहाकार, शुभेच्छुकहरु संस्थाका कर्मचारीहरुको समग्र प्रयासले पनि यो सम्भव भएको हो ।

४) अहिलेका सहकारी नीति, नियम कत्तिको सहकारी मैत्री छन् ?

अहिलेको सहकारी नीति सहकारी मैत्री नै छ । र पनि यसलाई लागु गराउन कतिपय ठाउमा सहकारी विभाग नै अन्योलमा पो छ कि जस्तो लाग्छ मलाई । किनकी जुन विषयलाई प्राथमिकताकासाथ अघि बढाउनु पर्ने हो त्यस्ता कामहरुको वेवास्ता भईरहेको छ । जसरी ऐनमा उल्लेख भए बमोजिम कालो सुचि सम्बन्धि व्यबस्था, कर्जा सुचना केन्द्र, कर्जा असुलि न्यायधिकरणको व्यबस्था आदि विभाग, मन्त्रालयबाट हुने हो भने दोहोरो सदस्यताले त्यति धेरै असर नपर्ला ।

५) नेपाल जस्तो मुलुकमा सहकारीको आवश्यकता कत्तिको छ ?

नेपालमा सहकारीको महत्व अत्यन्तै जरुरी छ, किनकी नेपालमा आर्थिक अवस्था कमजोर भएका समुदाय धेरै छ, सहकारीकै माध्यमबाट कमजोर आर्थिक अवस्था भएका समाजको उत्थान सम्भव छ । सहकारीको मुल मर्मलाई आत्मसात गरि सहकारीको विकास गराउने हो भने देशलाई छिटै आर्थिक संकटबाट मुक्त गराउन सकिन्छ ।

६) काभ्रेमा स्थानीय तह र सहकारीबीच कस्तो सहकार्य छ ? कसरी सहकार्य गरिरहनुभएको छ ?

हामीले हाम्रो स्थानिय तहसंगको सहकार्यमा विभिन्न आर्थिक तथा समाजिक कार्यहरु गर्दै आएका छौं । विभिन्न कृषि कार्यक्रम तथा तालिमहरुमा सहभागिता जनाईरहेका छौ । अन्य कामकाजको लागि हाम्रो कार्यक्षेत्र तीन वटा नगरपालिका भएकाले प्रदेश कार्यालयबाट अख्तिायारी लिनु पर्ने हुन्छ । तर प्रदेश कार्यालयमा सिमित कर्मचारी रहेको कारण पनि प्रदेश माताहतका सहकारीहरुको विभिन्न सिफारिसहरु अद्यावधिक लगायतका कामहरु गर्न चाहिँ निकै कठिन भईरहेको छ ।

७) नेफ्स्कुनद्वारा सञ्चालित प्रोबेसन कार्यक्रम सहभागी हुनुहुन्छ, यो कार्यक्रम सहकारीहरुको लागि कतिको उपयोगी कार्यक्रम हो जस्तो लाग्छ ?

नेफ्स्कुनद्धारा संञ्चालित कप्स, प्रोवेशन र एक्सेस सबै सहकारी संस्थाको लागि अति उपयोगी नै छन् किनकी सहकारीहरुको छाता संगठन नेफ्स्कुनद्धारा विभिन्न दूरदराजका संस्थाहरु (जुन जानी नजानी यत्तिकै संस्थालाई अघि बढाउन खोजिरहेका छन) विभिन्न कार्यक्रमहरुमा आवद्ध भएर जाने हो भने सुशासन कायम राखेर संस्था संञ्चालन गर्न महत्वपुर्ण भुमिका खेल्दछ । यस मार्फत विभिन्न संस्थाहरुले गरेका अभ्यासहरु आदन प्रदानको अवसर र मार्गदर्शन पाईने भएकोले उपयोगी नै छ जस्तो लाग्छ ।

८) संस्थाले दिएको सेवा सुविधाप्रति सदस्यहरु सन्तुष्ट छन् ?

लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले बचत तथा ऋणका प्रकारहरु तय गरेको छ । यसको अलावा विभिन्न सिप विकास तालिमहरु, महिलाहरुको क्षमता अभिवृद्धि तालिमहरु प्रदान गर्दै आएकाले यस साकोसमा आबद्ध सदस्यहरु सन्तुष्टि नै छन् । तर पनि हाम्रा जति पनि प्रतिस्पर्धी संस्थाहरु भन्दा अबल सेवा सुविधा दिनु पर्ने चुनौती हामी सँग छ ।

९) लक्ष्मी महिला साकोसलाई कस्तो संस्था बनाउने योजना छ ?

लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था एक महिलाहरुद्धारा मात्र सञ्चालित संस्था भएकोले जुन रूपमा हामीले प्राप्त गरेको सफलता जति देखिएता पनि अत्यन्तै कम रहेको महशुस हामीले गरेका छौ । यसको विकासलाई तिव्रता दिनको लागि रणनीतिक योजना अनुरुप अगाडि बढने हामिले प्रतिबद्धता गरेका छौ । सोहि अनुसार छिटै नै नेपाल स्तरिय ब्राण्ड लिने हाम्रो योजना रहेको छ ।

१०) अन्त्यमा …..

हाल नेपालमा सहकारीको अभियान निकै अगाडि बढि सकेको अबस्था छ । राज्यले पूरा गर्नु पर्ने दायित्व जस्तै कालो सूचिको व्यबस्था, कर्जा सुचना केन्द्रको व्यबस्था गरि सम्पुर्ण सहकारीहरुलाई एउटै मार्गमा हिडाउने हो भने देशको आर्थिक स्तर उकास्न सहकारीले महत्वपूर्ण भुमिका खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि