६ माघ २०७७, मंगलवार १५:१४

‘केयूको उपकुलपतिमा पुनः नियुक्त हुन् सक्छन् प्रा.डा. रामकण्ठ माकजू !’


उपकुलपति छनोट गर्न गठित ‘सर्च कमिटी’ ले वर्तमान उपकुललपति प्रा.डा. रामकण्ठ माकजु, विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा.डा. भोला थापा र शिक्षाविद प्रा.डा. बालचन्द्र लुइँटेललाई सिफारिस गरेको छ ।
दुई कार्यकाल उपकुलपति भइसकेका प्रा.डा. रामकण्ठ माकजू तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छन् । उपकुलपति छनोट गर्न गठित ‘सर्च कमिटि’ले डा. माकजूको नाम पहिलो नम्बरमा राखेको छ ।
तर सो विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरु नै उनको विपक्षमा छन् । माकजूले विश्वविद्यालयको आर्थिक चलखेल तथा व्यापक अनियमितता गरेको आरोप लाग्दै आएको छ ।
चिकित्सक पेशाबाट विश्वविद्यालयको नेतृत्व तहमा आएका डा. माकजुले आठ वर्षको कार्यकालमा शैक्षिक व्यवस्थापनमा निकृष्ट बनेको आरोप पनि उहाँमाथि लागेको छ ।
केही दिन अघि मात्रै पनि ‘एक व्यक्ति एक पद अधिकतम २ कार्यकाल’ ‘प्राध्यापक र कर्मचारीसँग गरेको सहमति पालन गर’ ‘अबैधानिक Board of Trustee खारेज गर’, “NO MORE MAKAJU THIS TIME” जस्ता नारा सहित विश्वविद्यालयका प्राध्यापक, कर्मचारी र बिद्यार्थीहरुले शिक्षा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीसँगै आन्दोलनमा सहभागी भएको थिए ।

२ कार्यकाल पूरा गरिसकेका र पटकपटक विवादमा आएका डा. माकजू सिफारिसको पहिलो नम्बरमा छन् । डा. माकजू नै तस्रो कार्यकालका लागि छनोट हुने सम्भावना देखिएको विश्लेषकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि