धुलिखेल–४ मा पनि संसद विघटन विरुद्ध विरोध सभा

काभ्रे । नेपाली काङ्ग्रेसले माघ ८ गते वडा तहमा संसद विघटन विरुद्धको विरोध कार्यक्रम तय गरेको थियो । त्यसै अनुरुप काभ्रे जिल्लाका वडाहरूमा पनि विरोधका कार्यक्रमहरु सम्पन्न भएका छन् ।
धुलिखेल नगरपालिका वडा नं. ४ मा पनि संसद विघटन विरुद्ध विरोध कार्यक्रम सम्पन्न भएको छ । र्याली सहितको कार्यक्रममा उक्त क्षेत्रका जनताह?को उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको उद्घोषण तथा स्वागत क्षेत्रीय महिला प्रतिनीधि पुण्यवती घलेले गर्नुभएको थियो ।

कार्यक्रममा अतिथिहरु जिल्ला सदस्य सिताराम परियार, वडा नं. ४ का वडाध्यक्ष रविन्द्र कर्माचार्य, का.वि.का नेपाल विद्यार्थी संघका नेता उज्वल प्रधान लगायतको सहाभागिता रहेको थियो । र्याली सहित विरोध कार्यक्रमको नेतृत्व वडा नं. ४ का सभापति जगन्नाथ गिरीले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गिरीले नेपाली काङ्ग्रेसले राष्ट्रियताको लागि कहिल्यै कसैसँग सम्झौता नगरेकाले शिर उच्च भएको बताउनु भएको थियो । ‘लोकतन्त्रको सात दशक पार गरिसक्दा तीन ठूलाठूला क्रान्ति भए, ६ वटा संविधान फेरिए, तीस पटकभन्दा बढी सरकार बदलिए । हरेक क्रान्तिको नेतृत्व नेपाल काङ्ग्रेसले गरेको छ ।’ उहाँले थप्नुभयो – ‘हुनेले नहुनेलाई सहयोग गरी हरेक समस्याको समाधान वार्ता र संवादद्वारा गरिनु नै समाजवाद हो । त्यो नेपाली काङ्ग्रेसमा छ ।’
