१९ माघ २०७७, सोमबार १५:४३

नुवाकोटमा नेकपाका दुई गुटबीच झडप


काठमाडौं । नुवाकोटमा नेकपाका दुई समूहबीच झडप भएको छ ।
केपी शर्मा ओलीको समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न नुवाकोट गएका उपप्रधानमन्त्री ईश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र अन्य नेतालाई कालो झण्डा देखाउने क्रममा प्रचण्ड–माधव नेपाल पक्षीय कार्यकर्ता, ओली पक्षीय कार्यकर्ता र प्रहरीबीच झडप भएको प्रहरीले बताइएको छ ।
झडपका क्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलसँगै आएको एउटा गाडीको सिसा फुटेको र पोखरेलको गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
झडपमा प्रचण्ड–नेपाल समूहका विनोद कोइराला र प्रदीप भट्टसहित केही व्यक्ति घाइते भएको उक्त समूहले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि