२८ माघ २०७७, बुधबार १५:२९

‘संसद विघटन : कहिले गर्ला सर्वाेच्चले अन्तिम फैसला ?’


काठमाडौं । संसद विघटन सम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा निरन्तर बहसमा छ । कहिले बहस सकिन्छ र अन्तिम फैसला आउँछ भन्ने जिज्ञासा सर्वत्र छ ।
प्रतिनिधिसभा विघटनको विपक्षमा बहस गरेका एक अधिवक्ता ओमप्रकाश अर्याल फागुन १० गतेको आसपासमा सर्वाेच्च अदालतले यो मुद्दामा निर्णय दिन सक्ने ठान्छन् । उनले भने, ‘सरकारको सकिएपछि सभामुखको तर्फबाट बहस हुन्छ । त्यसपछि विपक्षीले उठाएका मुद्दामा जवाफ दिने मौका निवेदक पक्षले पाउँछ । त्यसपछि पाँच जनाको अमिकस क्यूरीले बहस गर्छ । अनि अदालतबाट फैसला हुने हो ।’
उनका अनुसार रिट निवेदकहरूले एक दिन जति समय जबाफी बहसका लागि प्राप्त गर्न सक्छन् ।
उनले थपे, ‘शुक्रवारसम्म सरकारी वकिलको सकियो भने सभामुखको तर्फबाट एक दिन, जबाफी बहसलाई अर्को एक दिन, अमिकस क्यूरीका पाँच जनालाई दुई दिन र अर्को पाँच दिनसम्म फैसला गर्न न्यायाधीशहरूलाई दियो भने १० दिनजतिमा सबै भइसक्नुपर्ने हो ।’
सबैको ध्यान प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा रहेकाले बहस सकिएर निर्णय सुनाउने मिति तोकिएपनि अदालतले धेरै समय नलिने अपेक्षा कानुनविद्हरूले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि