३० माघ २०७७, शुक्रबार १७:१४

‘माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको यस्तो छ प्रगति’


काठमाडौं । देशको बहुप्रतिक्षित आयोजना मध्ये एक आयोजना हो माथिल्लो जलविद्युत आयोजना । यो आयोजना २०६७/६८ बाट निर्माण शुरु गरिएको हो ।
आ.व. २०७२/०७३ मै सक्ने शुरुवाती लक्ष्य भएपनि भूकम्प, नाकाबन्दीजस्ता कारण समयमै सम्पन्न गर्न नसकेको भन्दै म्याद थप भइ चालु वर्षभित्र सक्ने लक्ष्य छ । ३५ अर्ब २९ करोड लागत अनुमान गरिएको पनि समय लम्बिएसँगै ४९ अर्ब २९ करोड लागत लाग्ने संसोधित अनुमान छ । ४ सय ५६ मेगावाट जलविद्युत उत्पादन क्षमता भएको आयोजना अब सञ्चालनको तयारीमा छ ।
चालु आर्थिक वर्षमा यस आयोजनाका लागि १ अर्ब छुट्याइएको छ । हेडबक्सको सबै संरचना निर्माण गरी रिजर्भ वायरको परीक्षण सम्पन्न भएको छ भने १९ किलोमिटर सुरुङ र साफ्ट खन्ने काम पनि सकिएको छ । दुबै भर्टिकल पेनस्टिक साफ्टहरुमा स्टिल पेनस्टिक जडान कार्य पनि सकिएको छ । टर्वाइन र जेनेरेटर जडान तथा ४७ किलोमिटर लामो २ सय २० केभी प्रसारण लाइनको निर्माण पनि सकिएको छ । यो आयोजना दोलखा जिल्लाको विगु गाउँपालिकामा छ । सरकारी योजना अनुसार यही आर्थिक वर्षमा यो योजनाले परिक्षण उत्पादन सुरु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि