२ फाल्गुन २०७७, आईतवार १६:२०

‘केपी ओली एमाले होइनन् बीमाले हुन्’


तेह्रथुम । नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड–नेपाल समूहका एक अध्यक्ष माधवकुमार नेपालले आफू रहेको समूहभित्र नै वास्तविक एमाले रहने बताएका छन् ।
तेह्रथुममा पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै आइतवार उनले प्रधानमन्त्री केपी ओलीले संसद् विघटनसँगै पार्टी तोडेपछि पुराना एमालेहरू आफ्नो पक्षमा आउन आह्वान गरिरहेको भन्दै त्यसको चर्काे प्रतिवाद गरेका छन् ।
सभालाई सम्बोधन गर्दै नेपालले भने – ‘उनी (ओली) यो कुरा सम्झन चाहँदैनन् । के भ्रम पैदा गरिरहेका छन् भने उनी आफू चाहिँ एमाले अरू सबै माओवादी । अनि एमाले, एमाले मिलौँ भनिरहेका छन् ।’ उनले थपे –‘एमाले, एमाले मिल्ने हो भने केपी ओलीसँग मिल्ने होइन । उनी बीमाले मात्र हुन्, एमाले होइनन् । एमाले कतै छ भने जहाँ माधव नेपाल उभिएको छ त्यहाँ छ एमाले ।’
२०७५ सालमा माओवादी र एमाले मिलेर नेकपा बनेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि