११ फाल्गुन २०७७, मंगलवार १३:४८

सदस्यहरूको ५० हजारको दुर्घटना बिमा गर्दै मिलिजुली कालिञ्चोक साकोस


दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको दुर्घटना बिमा गराउने भएको छ । बिमाको लागि संस्थाले प्रभु इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ । संस्थामा आवद्ध २१ हजार ८ सय ५३ जना सदस्यको प्रतिव्यक्ति ५० हजार रुपैया बराबरको दुर्घटना बिमा गरिन लागेको हो ।
सदस्यहरुको दुर्घटना भई मृत्यु भएमा, स्थायी पूर्ण अशक्तता भएमा, हुलदंगा तथा आतंकबादी क्रियाकलापबाट मृत्यु वा पूर्ण अशक्त भएमा ५० हजार पाउने गरी दुर्घटना बिमा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले बताएका छन् । बिमा वापत सदस्यले कुनै पनि रकम बुझाउनु नपर्ने न्यौपानेले बताए ।
सहकारीको तर्फबाट अध्यक्ष नारायण बहादुर श्रेष्ठ र प्रभु इन्स्योरेन्सको तर्फबाट चरिकोट शाखाका प्रमुख मानबहादुर बटालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता कार्यक्रममा संस्थाको सञ्चालक समितिका पदाधिकारीहरु, प्रमुख कार्यकारी अधिकृत लगायत अधिकृत कर्मचारीहरु उपस्थिति रहेको थियो ।
संस्थाको कुल वासलात १ अर्ब २२ बरोड १० लाख ८२ हजार ७ सय ७ रुपैयाँ रहेको छ । संस्थाले ८५ करोड ८२ लाख १२ हजार ७ सय ८६ रुपैयाँ बचत संकलन गरी ९६ करोड ६६ लाख ६८ हजार ९ सय ७८ रुपैयाँ ऋण लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि