१४ फाल्गुन २०७७, शुक्रबार १६:३४

‘बा’ शब्दप्रति आपत्ती : ‘केपी ओलीलाई ‘बा’ भनेको सहन नसक्ने ?’


काठमाडौं । सर्वोच्चले संसद विघटन बदर गरेपछि ओली निकटका केन्द्रीय नेताहरुले ओलीको संरक्षण हरेक भाषणमा गर्दै आएका छन् ।

उपप्रधानमन्त्रीसमेत रहेका ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बा’ भनेको सुनेर कतिपय नेताहरूले सहन नसकेको आरोप लगाएका छन् ।
शुक्रवार ओलीनिकट विद्यार्थी समूहले रत्नराज्यलक्ष्मी क्याम्पसमा गरेको भेलालाई सम्बोधन गर्दै पोखरेलले ओलीलाई ‘बा’ भन्ने कि नभन्ने मुद्दा लिएर नेकपाका केही नेताहरू हिँडेको टिप्पणी गरेका हुन् ।

‘ओलीलाई बा भन्छन् अरे,’ पोखरेलले प्रश्न गरे, ‘यस्तो पनि मुद्दा हुन्छ ? यो बहसको कुरा हो ? सही नसक्नु छ ।’

उनले आदारभावका कारण ओलीलाई ’बा’ भन्ने गरिएको जिकिर गरे । पोखरेलले ओली ठूलो कुर्चीमा बसेको देखेर प्रचण्ड-नेपाल पक्षका नेताहरूलाई औडाहा भएकोसमेत टिप्पणी गरे ।
‘मनमा औडाहा छ, ओली ठूलो कुर्चीमा बसेको छ, हामी सानो कुर्चीमा बस्नुपर्या छ,’ पोखरेलले भने ।

ओलीलाई बा भन्दा नरुचाउनेहरू र ठूलो कुर्चीमा बसेको देख्न नसक्नेहरूलाई अहिलेसम्म नेतृत्वमा राखिएको भन्दै पोखरेलले आफूलाई पछुतो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि