१४ फाल्गुन २०७७, शुक्रबार १७:०१

‘नेपालले कार्बन सञ्चित गरे बापत ५ अर्ब पाउने’


काठमाडौं । नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाइ कार्बन सञ्चिति बढाए बापत करीब ५ अर्ब (४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको छ ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली र विश्व बैंकका देशीय निर्देशक फरिस अदाद जेर्भोसबीच बुधबार भएको उत्सर्जन कटौती खरीद सम्झौतानुसार नेपालले सो रकम प्राप्त गर्नेछ ।
सो सम्झौतानुसार नेपालले पश्चिम तराइका जिल्लाका वनबाट ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउने छ । यसरी वन संरक्षणमार्फत् उत्सर्जन घटाइ कार्बन सञ्चिति बढाए वापत नेपालले सो रकम पाउन लागेको मन्त्रालयले जनाएको छ ।
साथै समुदायमा आधारित वन व्यवस्थापन सुधार, राष्ट्रिय वनका लागि उपभोक्ता अधिकार स्थानीय समुदायमा हस्तान्तरण, एकीकृत भूमि उपयोग योजना सुधार, ऊर्जाको वैकल्पिक स्रोतको प्रवद्र्धन र संरक्षित क्षेत्र व्यवस्थापनको क्षमता अभिवृद्धि गरिनेछ । बैंकसँग यस्तो सम्झौता गर्ने नेपाल एशिया-प्रशान्तमा पाँचौँ र विश्वव्यापी रूपमा १२ औँ देश हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि