१६ फाल्गुन २०७७, आईतवार १८:२०

‘विप्लव नेतृत्वको पार्टीसँग छिट्टै वार्ता हुँदै’


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीसँग छिट्टै वार्ता हुने बताएका छन् ।

आफू निर्वाचित क्षेत्रमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा बोल्दै उनले सरकारले छिट्टै उक्त पार्टीसँग वार्ता गर्ने बताए ।

शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिटै वार्ताद्वारा समाधान गरिने उनको भनाइ थियो ।
नेपालको सत्ता नेपाल अनुकूल हुनुपर्ने प्रधानमन्त्री ओलीले बताए ।
नेकपाका अर्का समूहका अध्यक्ष पुष्पकमल दाहालको केही समय अगाडिको एउटा सञ्चारमाध्यमको अन्तर्वार्तालाई लक्षित गर्दै उनले भने, “उहाँहरूका नेतृत्वमा सरकारले बने अरूलाई कम्फर्टेबल होला । तर नेपालका लागि टनटनाउने पिलोजस्तो हुनेछ ।”

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि