१७ फाल्गुन २०७७, सोमबार १५:२०

‘प्रतिनिधि सभाको अधिवेशन फागुन २३ गते’


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।
मन्त्रिपरिषद्ले सोमवार गरेको सिफारिसका आधारमा आगामी आइतवार अपराह्न चार बजेका लागि प्रतिनिधिसभाको अधिवेशन डाकिएको राष्ट्रपति कार्यालय शीतल निवासले एउटा विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निणर्यलाई बदर गर्दै मङ्गलवार १३ दिनभित्र अधिवेशन बोलाउन प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय र सभामुखका नाममा परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि