१८ फाल्गुन २०७७, मंगलवार १५:३७

सरकार र विप्लव समूहबीच वार्ताको तयारी, बादल र प्रकाण्ड संयोजक


काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच वार्ता हुने भएको छ ।
सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को संयोजकत्व र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहने गरी वार्ता टोली गठन गरे लगत्तै विप्लव समूहले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।
सरकारले वार्ता टोली बनाएपछि विप्लव समूहले पनि समिति बनाएको हो । प्रकाण्डको नेतृत्वमा उदय चलाउने ‘दीपक’ समितिमा सदस्य रहेका छन् ।
यसअघि पार्टी महासचिव विप्लवले वार्ताका लागि आफूहरु सकारात्मक रहेको भन्दै एक विज्ञप्ति नै जारी गरेका थिए ।
सरकारले वार्ता टोली गठन गरेपनि विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाएको छैन । आपराधिक क्रियाकलापमा सहभागी भएको भन्दै सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि