४ चैत्र २०७७, बुधबार १६:०९

‘यस्तो छ संसद पद खोस्ने प्रक्रिया’


काठमाडौं । एमालेमा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा बहुमत रहेको बताइन्छ । त्यसले गर्दा पार्टीबाट अनुशासनको कारबाही गर्न चाहेमा उनीसँग त्यो सुविधा रहेको देखिन्छ ।
तर सत्ता समीकरणको चर्चा चलिरहेका बेला महत्वपूणर् मानिएको सांसद पद के हुन्छ भन्ने चासो धेरैमा पाइन्छ ।
सांसद पद रिक्त हुने एउटा अवस्था संविधानको धारा ८९ (ङ) मा लेखिएको छ, ‘जुन दलको उम्मेदवार भइ सदस्य निर्वाचित भएको हो त्यस्तो दलले सङ्घीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा ।’
राजनीतिक दल सम्बन्धी ऐनमा सांसदले पार्टीको ह्वीप नमानेमा सांसद पदबाट हटाउन सक्ने अधिकार सम्बन्धित दललाई दिइएको छ ।
एमाले-माओवादी एकीकरणका बेला अध्यक्षद्वय केपी ओली र पु्ष्पकमल दाहाल ’प्रचण्ड’ले घरेलु तथा बाह्य शक्तिहरूलाई आश्वस्त पार्ने प्रयत्न गरेका थिए ।
तर त्यो अवस्था सृजना हुन ऐनको दफा २८ (१) मा सरकारको विश्वास र अविश्वास प्रस्ताव, सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्ने विषय, वार्षिक बजेट पारित गर्ने विषय र राष्ट्रिय वा सार्वजनिक महत्वको अन्य विषयमा जारी ह्वीप मान्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि