६ चैत्र २०७७, शुक्रबार १८:००

चाल्नाखेल जंगलमा मृत भेटिएका दुई विद्यार्थी नुवाकोट र काभ्रेका


काठमाडौं । चाल्नाखेल जंगलमा मृत भेटिएका दुई युवकको पहिचान खुलेको छ । मृतकमध्ये एक जना नुवाकोटको छापाका १६ वर्षीय अर्जुन खड्का र अर्का काभ्रेको भुम्लुका १७ वर्षीय मंगल तामाङ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले बताएका छन् ।
उनीहरु दुवैजना बाङ्गेमुढामा बस्ने गरेको पाइएको छ । शुक्रबार जंगलमा भेटिएका दुवै जना विद्यार्थी भएको पनि काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी बस्नेतले बताए । मृतकका आफन्तले शवको पहिचान गरेका हुन् । अर्जुन असनस्थित टेउडा स्कुलमा र मंगल क्षेत्रपाटीस्थित जिपी स्कुलमा कक्षा १० मा अध्ययनरत रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि