९ चैत्र २०७७, सोमबार १३:१७

‘नेपाली सेनाले लामो ठाडो भिरबाट निकाल्यो युवाको शव’


काभ्रे । नेपाली सेनाले साहसिक काम गरेको जनताको माया पाउँदै आएको छ । यस्तै एउटा साहसिक काम नेपाली सेनाले काभ्रेको बेथानचोकमा पनि गरेको छ ।
जिल्लाकै अग्लो स्थान बेथान्चोक गाउँपालिकाको बेथान्चोक नारायणस्थान मन्दिरमा दर्शन तथा क्यापिङ्ग गर्न गएका युवा भिरबाट खसेर अड्कि अलपत्र अवस्थाको शव नेपाली सेनाको कालीजंग गण धुलिखेलले निकालेको छ । अथक मेहनत पछि भिरबाट सेनाको माउण्टेन वारफेयर तालिम प्राप्त गरेको टोली भिरमा पुगी युवाको शव निकालेको कालीजंग गण, धुलिखेलका प्रमुख सेनानी गणपति मिलन थापाले बताउनुभयो ।


हेलिकप्टरबाट समेत सम्भव नहुने देखे पछि सेनाको टोलीले घटनास्थलको रेकि गरी माउण्टेन वारफेयर तालिम प्राप्त टोलीलाई भिरमा पठाइ शव झिकिएको गणपति थापाले बताउनुभयो ।

को–को थिए मृत निरोज रिजालसँग ?

क्यापिङ्ग तथा मन्दिर दर्शनमा जाने चारै जना काठमाडौं विश्वविद्यालयका कर्मचारीहरु हुन् । काठमाडौ विश्वविद्यालयमा कार्यरत चार जना कर्मचारीहरु पनौती नगरपालीकाबाट दक्षिण भागमा अवस्थित बेथानचोक गाउँपालिका वडा नम्वर ३ नारायणथान मन्दिर दर्शन तथा क्याम्पिङ्ग गर्न गएका थिए । उक्त क्यापिङ्ग तथा मन्दिर दर्शन गर्न धुलिखेल नगरपालिका वडा नम्वर ७ बस्ने २५ बर्षिय निरोज रिजालसँगै धुलिखेल नगरपालिका ६ का २४ बर्षिय अनमोल सापकोटा, बनेपा नगरपालिका १३ भैसेपाटीका २७ बर्षिय नारायण श्रेष्ठ र काठमाण्डौ महानगरपालिका भिमसेनगोला ३१ का ४५ बर्षिय राजेश श्रेष्ठ थिए ।

घटना घट्नु अघि यस्तो विवरण यस्तो छ :

नारायणथान मन्दिर दर्शन गरी राती पाल टाँगी सोही स्थानमाबसेका उनिहरु मध्ये निरोज रिजाल चैत्र ७ गते बिहान करिब १ बजे देखी साढे २ बजे तिर पिसाब फेर्न जाने क्रममा नारायणस्थानको मन्दिरको पश्चिम भिरबाट तल खसेका थिए । सँगै सुतेका साथीहरु निदाएकाले तत्काल उनको खोजी हुन सकेन । खोजी भए पनि उ आउँछ होला भन्ने सोचेर पर्खिबसे । मध्यरातको अँध्यारोमा खोजतलासको बाँकी काम सम्भव पनि भएन ।

विहान ६ बजे साथिहरुले निरोजलाई नभेटे पश्चात खोज तलास गर्दा रिजाल भिरबाट खसेर मृत्यु भएको अवस्थामा देखे लगत्तै आफन्त, प्रहरीलाई खवर गरेका थिए । बेथान्चोक प्रहरी, स्थानीय जनप्रतिनिधि पुगेर घटनास्थल अध्ययन गरेसँगै नेपाली सेनाको टोली उक्त स्थानमा पुगेको थियो । कालीजंग गणका प्रमुखको नेतृत्वमा माउण्टेन वारफेयर तालिम प्राप्त गरेको दिउसो ४ बजे गणपति मिलन थापाको नेतृत्वमा पुगेको थियो ।

स्थानीय सरकारको बेवास्ताले पर्यटकीय क्षेत्र बेथानचोकमा जानै खतरा :

नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारणले भएको लकडाउन पछि काभ्रेको बेथानचोक नारायणस्थान आन्तरिक पर्यटकहरुको आर्कषक केन्द्र बन्दै गयो । तर स्थानीय सरकारले पूर्वाधार निर्माण ध्यानै नदिँदा जोखिम बढ्दै गएको छ ।
भिरमा फलामको रेलिङ, खतरा ठाउँहरुमा खतराका संकेतहरु जस्ता कुरामा पनि बेथानचोक गाउँपालिकाले सोचेको छैन । यो भन्दा पहिले पनि युवककको शव त्यस क्षेत्रको जंगलमा फेला परेको थियो, बेला बेलामा मान्छे हराउने क्रम पनि रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि