१७ चैत्र २०७७, मंगलवार १३:३९

लक्ष्मी महिला साकोसले मनायो २३ औं स्थापना दिवस


काभ्रे । काभ्रेमा महिलाद्वारा सञ्चालित उत्कृष्ट सहकारी संस्था लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था ले आफ्नो २३ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
संस्थाले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा बागमति प्रदेश सहकारी संघ, बागमति प्रदेश बचत तथा ऋण सहकारी संघ लि. र जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोकका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ ।

साथै स्थापना दिवसकै अवसरमा बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा १ दिने स्वास्थ्य शिविर पनि सञ्चालि गरेको थियो । स्वास्थ्य शिविरबाट १४५ जना सदस्यहरुले सेवा लिएको प्रमुख कार्यकारी अधिकृति मनोज रायमाझिले बताउनुभयो ।
संस्थाकी अध्यक्ष मैया महतको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिकाकी उपमयेयर गीता बन्जारा, अतिथिहरुमा पनौती नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष श्रीधर कुइकेल लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि