१८ चैत्र २०७७, बुधबार १२:३६

परोपकार महिला साकोसद्वारा सञ्चालित ब्युटिसियन तालिम सम्पन्न


दोलखा । जिल्लाको भीमेश्वर नगरपालिकाको समन्वयमा परोपकार महिला साकोसद्वारा सञ्चालित आधारभूत तीन महिने ‘ब्युटिपार्लर तालिम’को सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष शर्मिला सापकोटाको अध्यक्षतामा तथा भीमेश्वर नगरपालिका उप-प्रमुख कमला बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तालिमकासहभागीहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो । तालिममा १० जना सहभागि रहेको बताइएको छ ।

कार्यक्रममा सहभागीको तर्फबाट खेलमाया थामी, प्रशिक्षक लक्ष्मी श्रेष्ठ, प्रमुख अतिथि उप-प्रमुख कमला बस्नेतले मन्तव्य राख्नु भएको थियो । सहभागीलाई व्यवसायी बन्न र संस्थालाई यस्ता खालका कार्यक्रम गर्न भीमेश्वर नगरपालिकाले निरन्तर समन्वय र सहयोग गरिरहने प्रमुख अतिथि बस्नेतले बताउनु भयो ।

संस्थाका सदस्यहरूलाई सीपमा दक्ष बनाई, व्यवसायमा लाग्न प्रेरित गर्दै आयआर्जन गरि आर्थिक विकास गर्ने र आत्मनिर्भर बनाउन संस्थाले सहभागीहरूलाई आवश्यक सहयोग गर्ने संस्थाकी अध्यक्ष शर्मिला सापकोटाले बताउनु भएको थियो । संस्थाका सञ्चालक समित, लेखा समिति र कर्मचारी सहितको सहभागीता रहेको उक्त कार्यक्रमको सञ्चालन संस्थाकी सचिव अप्सरा चौलागाईले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि