२५ चैत्र २०७७, बुधबार १३:३५

‘नेपालमा वायु प्रदुषण : किन लामो समय रहिरह्यो तुवाँलो ?’


काठमाडौं । विगतका वर्षहरूका तुलनामा फरक यस पटक लामो समयसम्म आकाशमा तुवाँलो देखिनुलाई अधिकारीहरूले देशका दर्जनौँ ठाउँमा लागेका डढेलोलाई जिम्मेवार मानेका छन् ।
वर्षा र वायुको प्रणालीमा लामो समयसम्म परिवर्तन नदेखिँदा समस्या झन् जेलिएको मौसमविद्हरू बताउँछन् ।

यतिखेर अस्थिर वायुमण्डलका बीच चैते हुरी चल्ने समय भए पनि यस पटक त्यसो भएको देखिँदैन । अहिले देखिएको स्थिर वायुमण्डलका कारण मौसमी चक्रमा अन्तरसम्बन्ध हुने वायु र वर्षा दुवै हुन नसकेको मौसमविद्हरू बताउँछन् ।

वर्षा गराउनमा योगदान दिने पश्चिमी वायु र त्यसले तयार पार्ने निम्नचापीय क्षेत्र समेत यतिखेर बन्न नसकेको मौसमविदहरुले बताउँदै आएका छन् ।

विभागले कम्तीमा दुईदेखि तीन दिन पूर्वी र मध्य नेपालमा वर्षाको सम्भावना नभएको जनाएको छ । तर पश्चिम नेपालका केही भागमा छिटपुट वर्षा हुनसक्ने जनाएको छ । अहिलेको तुवाँलो हट्नका लागि वातावरण विद्ले यसअघि देखि नै ठूलो वर्षा वा हुरी आवश्यक पर्ने बताउँदै आएका छन् । डढेलो धेरै लाग्नुका कारण भने जाडोमा पर्याप्त पानी नपर्नु रहेको पनि बताइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि