२६ चैत्र २०७७, बिहीबार १९:३५

परोपकार महिला साकोसको चौथो वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


दोलखा । चरिकोटमा रहेको परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लि.को चौथो चरणको वित्तीय साक्षरता तथा सदस्य शिक्षा शिविर कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम भीमेश्वर नगरपालिका वडा नं. ४, देउरालीमा आज सम्पन्न भएको हो ।
आफ्नासदस्यलाई आम्दानी, खर्च, बचत, ऋण, बीमा तथा विप्रेषण सेवा लगायतका विषयमा जानकारी गराउने उद्देश्यले सञ्चालित उक्त कार्यक्रममा संस्थाका २६ जना सदस्यको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजिकरण संस्थाकी अध्यक्ष शर्मिला सापकोटा र सचिव अप्सरा चौलागाईले गर्नु भएको थियो । कार्यक्रम पश्चात सहभागीले यस किसिमका ज्ञानले आफ्नो दैनिक जिवनमा ठूलो महत्व रहने र आगामी दिनमा वित्तीय लक्ष्य तय गरि सोही अनुरूप अगाडि बढ्दा आनावश्य चुहावटका खर्चमा कमी हुने रहेछ भनी संस्थाले यो कार्यक्रममा सो स्थान छनौट गरेकोमा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा शिक्षा उप-समिति संयोजक सुनिता पोखरेल, सदस्य तारा चौंलागाई र लेखा सहायक प्रमिला बस्नेतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि