२ बैशाख २०७८, बिहीबार १७:४५

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह समेत सहभागी समेत ‘हरिद्वारको कुम्भमेला’मा सयौं भक्तजन सङ्क्रमित


कुम्भमेलाका लागि ठूलो सङ्ख्यामा मानिसहरू भेला भएको भारतको हरिद्वारमा केही वरिष्ठ सन्तसहित एक हजारभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।
दुई महिनासम्म चल्ने उक्त मेलाको एउटा मुहूर्तमा मङ्गलबार ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए । लाखौँ मानिसले बुधवार पनि पवित्र गङ्गा नदीमा स्नान गरेको अधिकारीहरूले बताएका छन् ।
भारतमा दैनिक कोरोनाभाइरस सङ्क्रमणको दर बढिरहेको भए पनि उक्त तीर्थस्थलमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका हुन् ।
भारतमा गत वर्ष कोभिड महामारी सुरु भएपछि अहिलेसम्मकै सर्वाधिक दैनिक सङ्क्रमण पुष्टि भएको छ ।

बिहीवार बिहान भारत सरकारले २४ घण्टाको अवधिमा २,००,७३९ कोभिड देखिएको तथ्याङ्क सार्वजनिक गरेको छ। सो अवधिमा १,०३८ सङ्क्रमितको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
महामारी फेरि उत्कर्षमा पुग्न लागेका बेला उक्त मेला आयोजना गर्न दिइएको भन्दै सरकारको आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि