५ बैशाख २०७८, आईतवार १२:४३

बूढीगण्डकी आयोजना : नयाँ आर्थिक वर्षबाट भौतिक काम शुरु


काठमाडौं । उर्जा सचिव दिनेशकुमार घिमिरे राष्ट्रिय गौरबको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको जग्गा मुआब्जा र अधिग्रहणको काम सकिएको बताएका छन् ।
संघिय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आइतवारको बैठकमा उर्जा सचिव घिमिरेले यस्तो बताएका हुन ।

‘बुढीगण्डकी जग्गा अधिग्रहणको काम सारभूतरुपमा सकिएको छ, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बार्षिक बजेटमा यो आयोजनालाई प्राथमिकतामा राखेर भौतिक निर्माण चरणका कामहरु पनि शुरु गर्ने भनेर प्रस्ताव मन्त्रालयले पठाएको छ,’ सचिव घिमिरेले भने ।
अर्थ मन्त्रालयको समन्वयमा पुनर्वास नीति मन्त्रीपरिषदमा पठाएकोमा त्यो पारित नहुँदासम्म आयोजना प्रभावित क्षेत्रको पुनर्वासको काम भने शुरु हुन नसक्ने पनि उनले बताए ।
‘अब आउने आर्थिक वर्षमा आयोजना कार्यान्वयनमा लैजाने भनेर हामीले तयारी गरेका छौं । यद्यपि पुनर्वास नीति पारित नहुदा केही अलमल छ,’ उनले भने ।

आगामी आर्थिक वर्षका लागि उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयले राष्ट्रिय योजना आयोगबाट प्राप्त गरेको बजेट सिलिङअनुसार बुढीगण्डकी, नौमुरे, दुधकोशी, जगदुल्ला, तामाकोशी ५, सुनकोशी ३, त्रिशुली ४ लगायत आयोजना निर्माणलाई प्राथमिकतामा राखी बजेट योजना प्रस्ताव तयार पारिएको पनि सचिव घिमिरेले बताए ।

आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन आयोजनाभन्दा प्रशारण आयोजना प्राथमिकतामा पर्ने पनि उनले बताए ।
४३ जिल्लामा अझै विद्युत सुविधा पुग्न नसकेकोमा ती जिल्लामा आगामी आर्थिक वर्षभित्रै पूणर् विद्युतीकरण गरिसक्ने गरि योजना बनाईएको घिमिरेले बताए । अहिले ९३ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि