१२ बैशाख २०७८, आईतवार १७:५७

‘नेपालमा कोरोना सङ्क्रमण वृद्धिदर विश्वमै उच्च’


काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमणको वृद्धिदर विश्वमै उच्च तहमा पुगेको बताएको छ ।
पछिल्लो एक हप्तामा नेपालमा कोरोना सङ्क्रमण दर २ सय ४१ प्रतिशत अर्थात् झण्डै दुई दशमलव पाँच गुणाले बढेको भन्दै मन्त्रालयले यो दर विश्वमै उच्च रहेको बताएको हो ।
अहिले विश्वमा कोरोना सङ्क्रमण वृद्धिदर १० प्रतिशतमात्रै रहेको छ । नेपालको छिमेकी देश भारतमा संक्रमण वृद्धिदर ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत र माल्दिभ्समा ८० प्रतिशत रहेको छ ।
यस्तै नेपालमा परीक्षण गरिएका नमुनामध्ये ३० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भइरहेको र यसको अर्थ हाम्रो समुदायमा संक्रमण व्यापक भइसकेको बुझ्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा धुलिखेल अस्पतालका स्वास्थ्य तथा सामुदायिक विकास कार्यक्रम निर्देशक डाक्टर विराजमान कर्माचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि