१४ बैशाख २०७८, मंगलवार १७:२६

‘बेड अभावले उपचार नपाएर कोरोना सक्रमितको मृत्यु’


अर्घाखाँची । लुम्बिनी अस्पताल बुटवलमा बेडको अभावमा उपचार नपाउँदा अर्घाखाँचीका एक कोरोना सक्रमितको मृत्यु भएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका-७ का ६० वर्षीय एक पुरुषको कोरोना भाइरसका कारण ज्यान गएको हो ।
रोजगारीका लागि भारत गएका ति पुरुष चैत २९ गते घर फर्किएका थिए । बैशाख ८ गते उपचारका लागि बुटवल लुम्बिनी अस्पतालमा लगिएकोमा पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि लुम्बिनी अस्पतालमा उपचारका लागि वेड नहुँदा उनलाई घर फिर्ता गरिएको थियो । स्वास्थ्य बिग्रिदै गएपछि उनलाई मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा लगिएकोमा उपचारको क्रममा त्यही मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि